नयाँ वर्षमा घुम्न गएका युवकको पोखरीमा डुबेर मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख १ गते १४:३० मा प्रकाशित

काठमाण्डु,१ वैशाख– नयाँ वर्ष मनाउन पाल्पाको तिनाउ–३ झुम्सामा घुम्न गएका एक युवकको भूतखोला पोखरीमा डुबेर मृत्यु भएको छ ।

मूत्यु हुनेमा सिद्धार्थनगर–१ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवाल रहेका छन । भैरहवाबाट साथीहरुसँगै घुम्न गएका जैशवाल ढुङ्गामा चिप्लिएर पोखरीमा खसेर डुबेका थिए ।

उनलाई उद्धार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको स्थानीय प्रेम पाण्डेले जानकारी दिएका छन ।

केही समयअघि पनि उक्त ठाउँमा घुम्न गएका अर्का एक युवकको पनि डुबेर मूत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us