
काठमाण्डु,१ वैशाख– नेकपा एकीकृत समाजवादीले ९ वैशाखमा देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ ।
आज (शुक्रबार) बसेको एकीकृत समाजवादीको बैठकले यस्तो निर्णय गरेको हो । अप्रिल २२ को दिन कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर ९ वैशाख स्थापना दिवस मनाउने निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
प्रवक्ता खतिवडाका अनुसार स्थापना दिवसका अवसरमा काठमाण्डुमा एउटा केन्द्रीय कार्यक्रम हुने जिल्लाहरुमा आफू अनुकुल कार्यक्रम हुने छन् ।
बैठकले एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपानेको नाम अभिलेखबाट हटाउने निर्णय गरेको पनि खतिवडाले जानकारी दिउएका छन ।
पार्टी दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै नेता न्यौपानेले एकीकृत समाजवादी छाडेको घोषणा गरेका थिए ।
उनले आफूले राखेको प्रस्तावमाथि पार्टीमा छलफल नगरेको आरोप लगाएका थिए । तर खतिवडाले न्यौपानेले लगाएका आरोप आरोप खण्डन गर्न लायक पनि नरहेको बताएका छन ।