९ वैशाखमा प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिने मुख्यमन्त्री अधिकारीको तयारी

काठमाण्डु टुडे २०८० वैशाख १ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, १ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेशसभा अधिवेशन आह्वान गरीएको छ ।

९ वैशाखमा प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारीमा रहेका छन ।

राष्ट्रपतिको निर्वाचनले केन्द्रमा भएको सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि ९ चैतमा माओवादी केन्द्रले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएका थिए ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक व्यवस्था रहेको छ । ९ गते सरकार अल्पमतमा परेपछि १० गते पत्रकार सम्मेलन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

अधिकारीले प्रत्युत्तरमा संविधानले दिएको समय सुविधा प्रयोग गर्दै संसदमै आफ्नो परीक्षण गर्ने बताएका थिए । तर, अधिकारीले बिहीबारको मन्त्रिपरिषदको बैठकबाट ९ गते संसद अधिवेशन बोलाउने आह्वान गरेका छन् । प्रमुख प्रमुख पृथ्वीमान गुरुङ हुँदै यो सूचना प्रदेश सभा सचिवालयमा पनि पुराएका छन ।

तर, अधिकारीले विश्वासको मत पाउने अवस्था नरहेकाले संसदमा संवोधन गरेर राजीनामा दिने तयारी गरेका छन । प्रदेश सरकारका प्रवक्ता तथा कानुनमन्त्री मन्त्री रोशन गाहामगरले भने, ‘विश्वासको मत लिन त्यतिञ्जेलसम्म अरु दलसँग पनि छलफल गर्ने छौं ।

१–२ दिनभित्रै संसदीय दलको बैठक पनि बस्छ, ‘विश्वासको मतै नपाउने अवस्थामा राजीनामा दिने कुरा त भइ नै हाल्यो ।’ गण्डकी प्रदेशमा ठूलो दलको हैसियतले माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज मुख्यमन्त्री बन्ने तयारीमा रहेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्न गठबन्धन फेरेपछि गण्डकीको मुख्यमन्त्रीकै एजेण्डासहित चुनावमा होमिएका सुरेन्द्रराजको अवसर पनि गुमेको थियो ।

कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति दिएर फेरि सत्ता समीकरण फेरिएसँगै सुरेन्द्रराजको अवसरको ढोका पनि खुलेको छ ।६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा २७ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ । ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us