
काठमाण्डू, २३ असार– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि उपकुलपति छनोट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो ।
तर तीन जनाको नाम भने सार्वजनिक गरिएको छैन । उपकुलपतिको लागि १२ जना प्रतिस्पधर्मामा थिए । त्यसमध्ये पनि प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको नाम बढी चर्चामा रहेको छ ।
प्रधानमन्त्री ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । केसरजङ्ग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।