दार्चुलामा भिरमा अड्किएको अवस्थामा किशोर–किशोरीको शव फेला

काठमाण्डु टुडे २०८० वैशाख १ गते १३:३४ मा प्रकाशित

काठमाण्डु,१ वैशाख– दार्चुलाको नौगाड गाउँपालिका–५ मा किशोर–किशोरी मृत फेला परेका छन । भीरमा शव अड्किएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले बताएको छ ।

मृत भेटिनेमा नौगाड–४ का लोकेन्द्र ठगुन्ना र सोही ठाउँका सञ्जिला धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेले जानकारी दिएका छन ।

उनीहरु अन्दाजी १५र१६ वर्ष उमेरका रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरु नयाँ वर्षको बिषु पर्वमा लाग्ने मेला हेर्न भनेर गएका थिए।

संकास्पद अवस्थामा २ जनाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us