रास्वपा दलको बैठकः समिति सभापतिमा बाइपास गरिएकामा छलफल हुने

२०८० भदौ ८ गते ८:३३

काठमाण्डु, ८ भदौ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । सो पार्टीका प्रमुख सचेकत सन्तोष परियारले बैठक साँझ ५ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बताए । पार्टीले संसदमा खेल्ने भूमिका, पार्टीका तर्फबाट संसदमा दर्ता गरिएका सार्वजनिक महत्वका संकल्प प्रस्ताव र...

सिरहामा अत्याधिक भारी वर्षा, तीन प्रदेशमा धेरै पानी पर्ने

२०८० भदौ ८ गते ८:१३

काठमाण्डु, ८ भदौ– सिरहामा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घन्टामा सिरहामा १ सय ९ मिलिमिटर वर्षात भएको लहान स्टेशनमा मापन भएको छ । पछिल्लो एक घन्टामा मात्र ४९.४ मिलिमिटर वर्षा भएको छ । बाढीको सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन...

मेलम्चीमा फेरि बाढी, माथिल्लो बजार उच्च जोखिममा

२०८० भदौ ८ गते ८:०७

मेलम्ची, ८ भदौ– सिन्धुपाल्चोकस्थिगत मेलम्ची नदीमा बाढी आएको छ । बअविरल वर्षाका कारण ‍हेलम्बु गाउँपालिका–४ स्थित मेलम्चीमा बढी आएको हो । बाढीका कारण सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ । वडाध्यक्ष बुद्धिमान तामाङले मेलम्ची धार परिवर्तन गरी बगेका कारण विद्यालय भवन उच्च जोखिममा परेको...

ड्युटीमा रहेका प्रहरी इन्स्पेक्टरमाथि बञ्चरो प्रहार

२०८० भदौ ८ गते ७:५८

झापा, ८ भदौ– झापामा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) माथि बञ्चरो प्रहार भएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवालमाथि बिहीबार राति एक युवाले बञ्चरो प्रहार गरेका हुन् । बञ्चरो प्रहारबाट कटुवाल घाइते भएका छन् । कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको...

कर्णाली र सुदूरपश्चिमको विकास नभए मुलुकमा समृद्धि आउँदैनः प्रधानमन्त्री

२०८० भदौ ७ गते २०:०८

काठमाण्डु, ७ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । गौरा पर्वका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सो प्रतिबद्धता जनाएका हुन् । सुदूरपश्चितम प्रदेशका जनताको भावनालाई सम्मान गर्दै गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्नेसम्बन्धी प्रस्ताव...

एकीकृत समाजवादीको महाधिवेशन माघमा

२०८० भदौ ७ गते १९:५४

काठमाण्डु, ७ भदौ– एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने भएको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समिति बैठकले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । एमाले फुटेर बनेको समाजवादीको यो पहिलो महाधिवेशन हो । अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे...

सर्वोच्चको आदेशले कोशी सरकार फेरि धरापमा

२०८० भदौ ७ गते १९:४९

काठमाण्डु, ७ भदौ– सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दिर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले बिहीबार यस्तो आदेश दिएको हो । प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्यलाई समेत मतदान गराएर सोमबार मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिएका थिए । थापाले...

गिरिबन्धु टी–स्टेटमा ललिता निवासभन्दा बढी घोटाला भएको छः केसी

२०८० भदौ ७ गते १७:३२

काठमाण्डु, ७ भदौ– कांग्रेस सांसद राजन केसीले झापाको विर्तामोडस्थित गिरिबन्धु टी–स्टेट प्रकरणमा अरबौंको घोटाला भएको भन्दै छानबिन अघि बढाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै केसीले टी–स्टेटको जग्गा सट्टापट्टा गर्दा खरबौं घोटाला भएको बताए । ललिता निवासभन्दा ठूलो घोटाला गिरीबन्धुमा भएको...

साँसदलाई ५ करोडः काँग्रेसद्वारा सर्वोच्च अदालतको आदेशप्रति आपत्ति

२०८० भदौ ७ गते १७:२३

काठमाण्डु, ७ भदौ– सत्तारुढ नेपाली काँग्रेसले संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएकामा आपत्ति जनाएका छन् । बिहीबार संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सर्वोच्चले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत आदेश दिएको भन्दै असन्तुष्टि जनाए । सर्वोच्चको आदेश न्यायिक सक्रियता...

मलाई फसाउने षड्यन्त्र भइरहेको छःओली

२०८० भदौ ७ गते १७:०२

काठमाण्डु, ७ भदौ– एमाले अध्यक्ष केपी ओलीले आफूलाई फसाउने षड्यन्त्र भइरहेको बताएका छन् । एमाले निकट पूर्वसुरक्षाकर्मी संगठनको कार्यक्रममा बिहीबार उनले विरोधीले आफूलाई फसाउन माकुरोको जालो बुनिरहेको बताए । यद्यपि माकुराको जालोमा भैंस्ी नपर्ने उनको भनाइ थियो । आफूले प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री हुँदै...

सुन तस्करीमा कनेक्सन देखिएका अध्यागमन प्रमुख अधिकारी गृह मन्त्रालय तानिए

२०८० भदौ ७ गते १४:१४

काठमाण्डु, ७ भदौ– गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन काार्यलयका प्रमुख सह–सचिव झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ । ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग ‘कनेक्सन’ देखिएपछि अधिकारीलाई बिहीबार मन्त्रालय तानिएको हो । गत २ साउनमा हङकङ हुँदै...

संसदीय समिति सभापतिको नर्वाचन ११ भदौमा

२०८० भदौ ७ गते १४:०९

काठमाण्डु, ७ भदौ– संसदीय समिति सभापतिहरुको चयन ११ भदौमा हुने भएको छ । सभामुख देवराज घिमिरेसहित प्रमुख चार दलका प्रमुख सचेतक र सचेतकको बैठकमा बिहीबार भदौ ११ गते सभापतिहरुको चयनका लागि निर्वाचन गर्ने सहमति भएको हो । प्रतिनिधिसभाका १० विषयगत र दुई संयुक्त समिति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us