एकीकृत समाजवादीको महाधिवेशन माघमा

काठमाण्डु टुडे २०८० भदौ ७ गते १९:५४ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने भएको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टी केन्द्रीय समिति बैठकले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले फुटेर बनेको समाजवादीको यो पहिलो महाधिवेशन हो ।

अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे विस्तृतमा निर्णय गर्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us