मोरङको बेलबारीमा भेटियो अति सङ्कटापन्न कछुवा

२०८० भदौ ९ गते ११:२८

विराटनगर, ९ भदौ– मोरङको बेलबारीस्थित बेतना सिमसारमा अति सङ्कटापन्न सूचीमा सूचीकृत ‘ब्लाक सफ्टसेल’ नामको कछुवा फेला परेको छ । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ हो । वैज्ञानिकहरुको एक टोलीले उत्त क्षेत्रमा सो जातका दुई दर्जन बढी कछुवा रहेको पत्ता लगाएको हो । स्थानीय भाषामा...

प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउने

२०८० भदौ ९ गते ११:१८

काठमाण्डु, ९ भदौ– प्रभावशाली अमेरिकी सिनेटका सदस्य क्रिस भ्यान होलेन नेपाल आउने भएका छन् । अमेरिकी सनिटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटी सदस्य सिनेटर होलेन आगामी सेप्टेम्बरको पहिलो साता नेपाल आउने भएका हुन् । होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् । नेपाल भ्रमणका...

रवि लामिछानेलाई स्वास्थ्य शिविर सञ्चालनमा रोक

२०८० भदौ ९ गते ११:०८

चितवन, ९ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मोबाइल स्वास्य क्लिनिक सञ्चालनमा रोक लगाइएको छ । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनको योजना बनाएका थिए । उनलाई कालिका नगरपालिकाले क्लिनिक सञ्चालन अनुमति नदिएको हो...

कोशी ब्यारेजका सबै ढोका खोलियो

२०८० भदौ ९ गते १०:५९

सुनसरी, ९ भदौ– सप्तकोशीमा पानीको सतह बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् । कोशीमा पानीको बहाव तीन लाख ८० हजार ८ सय १५ क्युसेक पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको हो । स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन भनेको छ ।...

विदेशी राष्ट्रिय गान बजाइएको भन्दै कार्यक्रम छाडेर हिंडे मुख्यमन्त्री चौधरी

२०८० भदौ ९ गते १०:२९

भैरहवा, ९ भदौ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफैं प्रमुख अतिथि रहेको एक कार्यक्रम बहिस्कार गरेका छन् । कार्यक्रमका आयोजकले नेपाली राष्ट्रियताको अपमान गरेको भन्दै चौधरीले रिसाएर कार्यक्रमस्थल छाडेका हुन् । चौधरी क्रियाशील ‘किवानीज इन्टरनेशनल’ नामको सामाजिक संस्थाको कार्यक्रममा सहभागी थिए । आयोजकले कार्यक्रमको...

धरान प्रवेशमा रोक

२०८० भदौ ९ गते १०:१८

धरान, ९ भदौ– धार्मिक र्यालीमा जातीय हिंसा हुन सक्ने सम्भावनालाई ध्यान दिएर स्थानीय प्रशासनले धरान प्रवेशमा कडाई गरेको छ । धरानमा हिन्दूवादीहरुका विभिन्न संस्थाले जुलुस आयोजना गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको थियो...

आजदेखि मौसममा क्रमिक सुधार हुने

२०८० भदौ ९ गते ८:२५

काठमाण्डु, ९ भदौ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान् महाशाखाले आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने बताएको छ । न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् महाशाखाको छ । आजदेखि भारी वर्षा हुने छैन भने लगातार पानी पर्ने पर्दैन...

पहिरोले बागलुङमा दुई दर्जन घर जोखिममा

२०८० भदौ ९ गते ८:०३

बागलुङ, ९ भदौ– भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका १२ घर पहिरोको उच्च जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन्...

मुग्लिङ नजिकै पहिरो खस्यो, पृथ्वीरागमार्ग अवरुद्ध

२०८० भदौ ८ गते २०:११

चितवन, ८ भदौ– मुग्लिङ नजिकै पहिरो खसेका कारण पृथ्वी राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलामा शुक्रबार साँझ पहिरो खसेको प्रहरीले जनाएको छ । चितवन प्रहरीका डीएसपी विजयराज पण्डितले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको बताए । उनका अनुसार...

ज्ञानेन्द्रलाई गाली गर्दै राप्रपा छाडेका कमल थापा राजतन्त्रको एजेण्डामा फर्किए

२०८० भदौ ८ गते २०:०५

काठमाण्डु, ८ भदौ– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल फेरि संवैधानिक राजतन्त्रको एजेण्डामा फर्किएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले मुलुकको राजतन्त्र पुनस्र्थापना जरुरी रहेको भन्दै सो एजेण्डामा फर्किने निर्णय गरेको हो । बैठकको जानकारी दिन आयोजित कार्यक्रममा अध्यक्ष...

सबै संसदीय समिति सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय

२०८० भदौ ८ गते १९:५०

काठमाण्डु, ८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसदका विषयगत र संयुक्त समितिका सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकले आफ्नो क्षमताले भ्याएसम्म सबै विषयगत...

१ सय ५० युवा माओवादी प्रवेश

२०८० भदौ ८ गते १९:३६

ललितपुर, ८ भदौ– शुक्रबार १ सय ५० युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा माओवादी वरिष्ठ नेतासमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्नेहरुमा सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us