काठमाण्डु, ९ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा शनिबार बोल्दै नेपालले संसद खुलाउन बसेको सर्वदलीय बैठकमा ओलीकै कारण आफूहरु सहभागी हुन नपाएको गुनासो गरे...
काठमाण्डु, ९ भदौ– सत्तारुढ कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएको छ । इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा प्रधानमन्त्रीको सरकारी निवास घेरा उगर्न लागिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए । इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेकामा...
भैरहवा, ९ भदौ– भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायतका सामान बरामद गरेको छ । प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको अवस्थाम ती सामान लोड गरिएको दुईवटा ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भैरहवा भन्सार कार्यालय...
काठमाण्डु, ९ भदौ– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार अन्त्य गरी मुलुकमा सुशासन कायम गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा खड्काले भ्रष्टाचार अन्त्य गर्ने संकल्पमा सरकार प्रतिबद्ध भएर लागेको बताए । कांग्रेस सरकारमा गएपछि भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको अभियान...
हुम्ला, ९ भदौ– हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । सडक यात्रायातमा नजोडिएको हुम्लामा हवाई यातायात रोकिँदा जनजीवन प्रभावित भएको थियो । लगातारको वर्षातका कारण मौसम खराबीले हुम्लासहित कर्णालीका अरु जिल्लामा पनि हवाई उडान नियमित हुन सकेको थिएन । गत...
काठमाण्डु, ९ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक र सद्भाव भड्काएर राजनीतिक रोटि सेक्ने काम स्वीकार्य हुन नसक्ने बताएका छन् । पार्टीद्वारा शनिबार टोखामा आयोजित कार्यक्रममा उनले धरानमा सामाजिक र जातिय सद्भाव कायम राख्न आग्रह गरे । जातीय क्षेत्रीय, तथा धार्मिक द्वन्द्वको...
सुनसरी, ९ भदौ– हिन्दूवादीहरुले सुनसरीको इटहरीमा शनिबार धार्मिक -याली आयोजना गरेका छन् । धरानमा आयोजित -याली स्थानीय प्रशासनले रोक लगाउँदै निषेधाज्ञा जारी गरेपछि इटहरीमा गरिएको हो । -यालीका सहभागीले धर्मनिरपेक्षष खारेज गरी हिन्दू राज्य घोषणाको मागसहित नाराबाजी गरेका थिए । उनीहरुले ‘गौमाताको सम्मानमा आऔं...
सुनसरी, ९ भदौ– धार्मिक हिंसाको खतरा बढेपछि लगाइएको निषेधाज्ञाका कारण धरानको वातावरण शनिबार शान्त बनेको छ । विभिन्न नाका भएर धरान उपमहानगर प्रवेश गर्न स्थानीय प्रशासनले रोक लगाएको हो । गोरु काटेर खाएको र हिन्दू मन्दिर नजिकै चर्चा बनाएको भन्दै विभिन्न हिन्दूवादी संस्थाले प्रदर्शन...
सिन्धुपाल्चोक, ९ भदौ– अबिरल वर्षाकासँगै मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माध्यमिक विद्यालय भवन बगाएको छ । वडाअध्यक्ष बुद्धिमान तामाङले बार परिवर्तन गरी बगेको मेलम्चीले विद्यालय भवन बगाएको जानकारी दिए । यसअघि शुक्रबार बाढीले विद्यालयको शौचालय बगाएको थियो । बाढीको सम्भावित...
काठमाण्डु, ९ भदौ– बागमती नदीमा शनिबार जलमहायात्रा गरिएको छ । बागमती नदी संरक्षण अभियानका लागि सचेतना फैलाउने उद्देश्यले ‘नदी महोत्सव तथा महाजलयात्रा’ आयोजना गरिएको हो । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार बिहान ललितपुरको...
काठमाण्डु, ९ भदौ– राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सदभाव कायम राख्न सबैलाई अपिल गरेको छ । आयोगले शनिबार एक अपिल जारी गर्दै साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सम्वद्ध सबै पक्षलाई...
काठमाण्डु, ९ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकमा शनिबार बोल्दै नेपालले संसद खुलाउन बसेको सर्वदलीय बैठकमा ओलीकै कारण आफूहरु सहभागी हुन नपाएको गुनासो गरे...