हिन्दूवादीको जुलुसमा हर्क साम्पाङ ‘मूर्दावाद’ को नारा

काठमाण्डु टुडे २०८० भदौ ९ गते १३:२१ मा प्रकाशित

सुनसरी, ९ भदौ– हिन्दूवादीहरुले सुनसरीको इटहरीमा शनिबार धार्मिक -याली आयोजना गरेका छन् ।

धरानमा आयोजित -याली स्थानीय प्रशासनले रोक लगाउँदै निषेधाज्ञा जारी गरेपछि इटहरीमा गरिएको हो ।

-यालीका सहभागीले धर्मनिरपेक्षष खारेज गरी हिन्दू राज्य घोषणाको मागसहित नाराबाजी गरेका थिए । उनीहरुले ‘गौमाताको सम्मानमा आऔं सबै मैदानमा’, ‘मरे बलिदान बाँचे स्वभिमान’, गौ संरक्षण हाम्रो अभियान’ लगायतका नारा लगाए । सहभागीमध्ये कतिपयले धरानका मेयर हर्कबहादुर साम्पाङविरुद्ध नाराबाजी गरेका थिए ।

गोरु काटेर खाएको भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएको र हिन्दू मन्दिर नजिकै चर्चा निर्माण गरेको भन्दै हिन्दूवादीले धरानमा विरोध प्रदर्शन गर्न लागेका थिए ।

हिन्दू र गैरहिन्दूबीच झडप तथा हिंसा हुन सक्ने सम्भावनालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार रातिदेखि २४ घण्टाका लागि धरान उपमहानर क्षेत्रमा निषेधात्रा जारी गरेको छ ।

अप्रिय घटना हुन नदिन नगर प्रवेश गर्ने मुख्य नाका र बजारका चोकचोक र सडकमा बाक्लो सुरक्षा तैनाथी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us