
काठमाण्डु, ९ भदौ– बागमती नदीमा शनिबार जलमहायात्रा गरिएको छ ।
बागमती नदी संरक्षण अभियानका लागि सचेतना फैलाउने उद्देश्यले ‘नदी महोत्सव तथा महाजलयात्रा’ आयोजना गरिएको हो ।
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार बिहान ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको थियो ।
बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै -याफ्टिङ र जल पर्यटन प्रवद्र्धनका लागि नदी महोत्सव र जलमहायात्रा आयोजना गरिएको नाराका उपाध्यक्ष शिशिर खनालले बताए ।
नाराले आफ्नो २२औं संस्करणको कार्यक्रमअन्तर्गत बागमती नदीको वातावरण संरक्षणको उद्देश्यले कार्यक्रम आयोजना गरेको उनको भनाइ थियो ।
बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ । कार्यक्रमका सहभागीले नदी सरसफाई समेत गरेका थिए ।