काठमाण्डु, १० भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ । पराजुलीलाई सभापति उम्मेदवार बनाउने तयारी भएको रास्वपाका एक सांसदले जानकारी दिए । १० विषयगत समिति सभापति चयनका लागि भोलि...
काठमाण्डु, १० भदौ– ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य गृह मन्त्रालयमा तानिएका छन् । मन्त्रालय उच्च श्रोतले आरोपबारे छानबिनका लागि उनलाई मन्त्रालय तानिएको बतायो । वैद्यलाई तत्कालका लागि मन्त्रालयको अतिरिक्त समूहमा राखेर अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...
काठमाण्डु, १० भदौ– जिल्ला प्रहरी परिसर काठमाण्डु प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले कार्यकार सम्हालेका छन् । खत्रीले शनिबार कार्यभार सम्महालेका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ४ भदौमा परिसर र उपत्यका अपराध महाशाखाका एसएसपी परिवर्तन गरेका थिए । यसअघि परिसर प्रमुख रहेका एसएसपी...
काठमाण्डु, १० भदौ– एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदका विषयगत समिति सभापतिमा रास्वपा र राप्रपालाई पनि सिट दिनुपर्ने बताएका छन् । संसदीय परिपाटी र मूल्य मान्यताका आधारमा कुनै पनि दलले आफू बाहिर परेको महसुस गर्न नहुने उनले बताए । संसदको चौथो...
काठमाण्डु, १० भदौ– नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको पूर्वाधार विकास समिति सभापतिमा सांसद् माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ । सिन्धुपाल्चोक–१ बाट निर्वाचित सापकोटा पहिलोपटक संसदमा प्रवेश गरेको भए पनि प्रभावकारी भूमिका निर्वाह गर्ने सांसदमा पर्छन् । संसदमा राम्रो भूमिका खेलेका सापकोटालाई माओवादी नेतृत्वले समिति...
काठमाण्डू, १० भदौ- नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार गरेको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले इन्टरपोल...
बॅाके, ९ भदौ– बॅाकेमा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीयकिरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरीप्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए । साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका...
काठमाण्डु, ९ भदौ– काँग्रेस सभापति शेरबहादुर देउवाले धरानमा सामाजिक, धार्मिक, राजनीतिकसहित समग्र सद्भाव कायम गर्न अपिल गरेका छन् । देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने बताए । यस्ता कुराले धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा...
काठमाण्डु, ९ भदौ– नेपालले महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हत्याएको हो । नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको...
विराटनगर, ९ भदौ– कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेको अराोप लगाएका छन् । प्रेस युनियनले शनिबार विराटनगरमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्रीबाटै जातीय द्वन्द्वय निम्त्याउने प्रयास भइरहेको आरोप लगाए । आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीले हैसियतले माओवादीले...
काठमाण्डु, ९ भदौ– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव भारत गएका छन् । जसपा प्रवक्ता मनिषकुमार सुमनले अध्यक्ष यादव व्यक्तिगत कामका सिलसिलामा शनिबार भारत उडेका हुन् । यादव पारिवारिक कामको सिलसिलामा भारत गएको उनले बताए । सुमनका अनुसार यादव नयाँदिल्ली हुँदै केरलाको कोची...
काठमाण्डु, ९ भदौ– राष्ट्रिय जनमोर्चाले धरानमा सामाजिक सद्भाव कायम गर्ने नाममा दमनको सहारा नलिन सरकारसँग आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गर्दै समाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको सहारा नलिन भनेका हुन् । आपसी संवादबाट समस्या समाधान गर्न उनले...