
काठमाण्डु, ९ भदौ– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव भारत गएका छन् ।
जसपा प्रवक्ता मनिषकुमार सुमनले अध्यक्ष यादव व्यक्तिगत कामका सिलसिलामा शनिबार भारत उडेका हुन् ।
यादव पारिवारिक कामको सिलसिलामा भारत गएको उनले बताए । सुमनका अनुसार यादव नयाँदिल्ली हुँदै केरलाको कोची जानेछन् ।
उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले जानकारी दिए ।
यसैबीच यादवले भारत जानुअघि पार्टी कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई दिएका छन् ।