ललिता निवासमा मुछिएपछि गृह मन्त्रालय तानिए दाङका प्रजिअ वैद्य

काठमाण्डु टुडे २०८० भदौ १० गते ११:२० मा प्रकाशित

काठमाण्डु, १० भदौ– ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य गृह मन्त्रालयमा तानिएका छन् ।

मन्त्रालय उच्च श्रोतले आरोपबारे छानबिनका लागि उनलाई मन्त्रालय तानिएको बतायो ।

वैद्यलाई तत्कालका लागि मन्त्रालयको अतिरिक्त समूहमा राखेर अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिने मन्त्रालयले जनाएको छ ।

सीआईबीको प्रतिवेदनमा वैद्यले भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा लैजाने प्रक्रियामा भूमिका खेलेको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us