
विराटनगर, ९ भदौ– कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेको अराोप लगाएका छन् ।
प्रेस युनियनले शनिबार विराटनगरमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्रीबाटै जातीय द्वन्द्वय निम्त्याउने प्रयास भइरहेको आरोप लगाए ।
आदिवासी दिवसका अवसरमा प्रधानमन्त्रीले हैसियतले माओवादीले बहुमत ल्याए पहिचानका आधारमा प्रदेशको नाम राख्ने भन्ने अभिव्यक्ति दिएर प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउन खोजेको टिप्पणी कोइरालाले गरे ।
‘प्रधानमन्त्री आफैं जातीय द्वन्द्व बढाउने काम गरिरहनुभएको छ,’ कोइरालाले भने । कोइरालाले धरानमा भइरहेको घटनाले जातीय र धार्मिक द्वन्द्वलाई मलजल गरेको उल्लेख गरे ।
मुलुकमा कुनै पनि धर्म मान्नेको बाहुल्यता नरहेको भन्दै उनले संविधानमा उल्लेख गरिएका विषयलाई नजरअन्दाज गर्न नमिल्ने बताए । कोइरालाले कसैले पनि कुनै प्रकारको सद्भाव खलबल्याउने कार्य गर्न नहुनेमा जोड दिए ।
फरक प्रसंगमा कोइरालाले मुलुकको राजनीति अप्ठ्यारो परिस्थितिमा रहेको बताए ।