रास्वपा र राप्रपालाई पनि संसदीय समिति सभापति दिनुपर्छः नेम्वाङ

काठमाण्डु टुडे २०८० भदौ १० गते ९:५६ मा प्रकाशित

काठमाण्डु, १० भदौ– एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदका विषयगत समिति सभापतिमा रास्वपा र राप्रपालाई पनि सिट दिनुपर्ने बताएका छन् ।

संसदीय परिपाटी र मूल्य मान्यताका आधारमा कुनै पनि दलले आफू बाहिर परेको महसुस गर्न नहुने उनले बताए । संसदको चौथो र पाँचौँ दलले स्वभाविक रूपमा आकार अनुसारको जिम्मेवारी पाउनुर्पे उनको भनाइ थियो । सरकार सञ्चालन र समितिको कामकारबाहीलाई एकै रुपमा लिन नहुने नेम्वाङले उल्लेख गरे ।

‘कुनै पनि दलले आफूलाई बाहिर पारियो भन्ने महसुस गर्ने अवस्था बन्नुहुन्न’, नेम्वाङले भने, ‘सत्ता गठबन्धन र समितिको कामकारबाही र जिम्मेवारी फरक विषय हुन् ।’

‘मिनि पार्लियामेन्ट’ का रूपमा रहेको संसदीय समितिले ढिलै भएपनि पूर्णता पाउँदा खुसी लागेको नेम्वाङले बताए ।

-राससको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us