पाल्पा, ११ भदौ– पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय नरेश घर्तीमगर रहेको प्रहरीले जनाएको छ । लु४२प ६७०९ नम्बरको मोटरसाइकल तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा राति १ बजेतिर भित्तामा ठोकिएर...
काठमाण्डु, १० भदौ– प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तीन जनाविरुद्ध फेरि बयान लिने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर संगठित ठगी गर्ने मुख्य योजनाकार सानु भण्डारी, केशव दुलाल र रामशरण केसीविरूद्ध दोस्रो चरणको अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, १० भदौ– जिल्ला प्रहरी प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले नेतृत्व परिवर्तन हुँदैमा प्रहरी अनुसन्धान प्रभावित नहुने बताएका छन् । परिसरको नेतृत्व सम्हालेपछि आइतबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै खत्रीले यसअघि प्रक्रियामा रहेका कुनै पनि घटनाको अनुसन्धान प्रभावित नहुने प्रतिबद्धता जनाए । खत्रीले आफूले...
काठमाण्डु, १० भदौ– कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार संसद् सचिवालयस्थित कानून समितिको बैठक कक्षमा पुगेर राणाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा काँग्रेसका वीरबहादुर बलायर र समर्थकमा...
काठमाण्डु, १० भदौ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक परिसूचक नेप्से २० दशमलब ५४ अंकले घटेको छ । नेप्से घटेर १९९३ दशमलब ३८ बिन्दुमा आइपुगेको छ । गत मंगलबार नेप्से १९८० को टेवा परीक्षण गरेर फर्किएको थियो । नेप्सेले टेवा बिन्दु पार...
काठमाण्डु, १० भदौ– आरती लामा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष चयन भएकी छन् । यसअघिका अध्यक्ष सुदेश पराजुलीले आफू विद्यार्थी राजनीतिबाट अलग भएको घोषणा गर्दै लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताए । पराजुलीले आइतबार सामाजिक सञ्जालमातर्फ लामा अध्यक्ष र महासचिवमा महेश श्रेष्ठ चयन...
काठमाण्डु, १० भदौ– कांग्रेस नेता शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्ने प्रयास गरिरहेको बताएका छन् । कांग्रेस सुनसरीको ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान समापन कार्यक्रमा आइतबार कोइरालाले साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामाजिक र धार्मिक सदभाव बिथोल्न खोजिएको बताए ।...
काठमाण्डु, १० भदौ– एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको बताएका छन् । एमाले कोशी प्रदेशको बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने बताएका हुन् । ओली एमाले राजनीतिमा फर्कन चाहे...
काठमाण्डु, १० भदौ– नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस आइतबार पनि हुन सकेन । सन्दिपविरुद्धको बहस मुद्धाको अन्तिम पेशी आइतबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो । यसअघि ३२ साउनमा रहेको पेशीमा सुनुवाइका क्रममा न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी...
काठमाण्डु, १० भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा पछिल्लो समय सरकारले गरेका कामबाट एकथरि मानिस विक्षिप्त भएको बताएका छन् । सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको उनले बताए । पार्टीनिकट नेपाल बुद्धिजीवि...
काठमाण्डु, १० भदौ– प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिको सभापति चयनका लागि भोलि हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले उम्मेदवरी...
काठमाण्डु, १० भदौ– सरकारी वकिल कार्यालय काठमाण्डुले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्ते अभियोगमा मात्र मुद्दा चलाउने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) किर्तेर संगठित अपराध दुवैमा मुद्दा चलाउन सुझाव दिँदै रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलले भने...