ओरालो लाग्यो नेप्से

काठमाण्डु टुडे २०८० भदौ १० गते १८:२४ मा प्रकाशित

काठमाण्डु, १० भदौ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक परिसूचक नेप्से २० दशमलब ५४ अंकले घटेको छ ।

नेप्से घटेर १९९३ दशमलब ३८ बिन्दुमा आइपुगेको छ । गत मंगलबार नेप्से १९८० को टेवा परीक्षण गरेर फर्किएको थियो । नेप्सेले टेवा बिन्दु पार गरेको अवस्थामा बजार थप घट्ने सम्भावना छ । आइतबार
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको सेयर कारोबार भएकोमा आइतबार सो रकम घटेर १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६ रुपैयाँमा सीमित भएको छ ।

२८० वटा धितोपत्रको ३८ लाख ९५ हजार २ सय ३६ कित्ता सेयर किनबेच भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा आएको छ ।

कारोबारमा आएका कूल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको शेयर मूल्य उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

साथै स्वाभिमान लघुवित्त ६, सिटिजन म्युचुअल फण्ड ५ दशमलब ८८, पिपुल्स पावर पाँच दशमलब १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य ४ दशमलब ८९ प्रतिशतले बढेको छ ।

यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर नौ दशमलव ६३, लिवर्टी इनर्जी छ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त पाँच दशमलव ६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ५१ प्रतिशतले बढेको छ ।

स्वावलम्बन लघुवित्तको सेयर मूल्य ६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार १६६ रुपैयाँ कायम भएको छ ।
मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य ९ दशमलब ६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २ सय ४३ रुपैयाँ १० पैसामा सीमित भएको छ ।

लिवर्टी इनर्जीको सेयरमूल्य ६ दशमलब ३० प्रतिशतले घटेर प्रति कित्ता मूल्य २२३ रुपैयाँमा झरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us