घण्टी लिएर सिंहदरबार गेटमा पुगेका युवतीलाई प्रहरीको लछार–पछार

काठमाण्डु टुडे २०८३ साउन २ गते १६:३५ मा प्रकाशित

काठमाण्डू,२ साउन– गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले लछार–पछार गरेको छ ।

विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका राजपुत र बिनु यादवलाई शनिबार प्रहरीले सिंहदरबारको दक्षिण गेटमा लछारपछार गर्दै हटाएको हो ।

उनीहरू गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या राख्न पाउनुपर्ने भन्दै पछिल्लो पाँच दिनदेखि यसैगरी सिंहदरबारको गेटमा धर्ना दिन पुग्ने गरेका छन् । प्रहरी बलप्रयोग गर्दै हरेक दिन जसो उनीहरूलाई हटाउने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us