पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ ११ गते ७:३६ मा प्रकाशित

पाल्पा, ११ भदौ– पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय नरेश घर्तीमगर रहेको प्रहरीले जनाएको छ ।

लु४२प ६७०९ नम्बरको मोटरसाइकल तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा राति १ बजेतिर भित्तामा ठोकिएर दुर्घटना भएको पाल्पा प्रहरीका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

मोटरसाइकल पछाडि सवार नवलपरासी सरावल गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थारू घाइते भएका छन् । थारुको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us