आरजुलाई समिति सभापति बनाउन एमाले र माओवादी समर्थक

काठमाण्डु टुडे २०८० भदौ १० गते १८:३५ मा प्रकाशित

काठमाण्डु, १० भदौ– कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।
आइतबार संसद् सचिवालयस्थित कानून समितिको बैठक कक्षमा पुगेर राणाले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा काँग्रेसका वीरबहादुर बलायर र समर्थकमा एमालेका सूर्यप्रसाद ढकाल र माओवादी केन्द्रकी रुपा सोशी चौधरी छिन् । सत्तापक्ष र प्रतिपक्षबीच प्रतिनिधिसभाका १० विषयगत समिति सभापतिमा भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us