
काठमाण्डू, २५ असार– म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन । आज बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं इन्स्पेक्टर सागर पौडेलले जानकारी दिएका छन ।
दिउँसो १२ बजेतिर घरनजिकैको पाखो बारीमा घाँसदाउरा गर्न गएका बाबुछोरा पहिरोमा परेको उनले जानकारी दिएका छन । बेपत्ता बालकको खोजीका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको पनि सूचना अधिकारी पौडेलले जानकारी दिए ।
बुधबार नै म्याग्दीको धौलागिरिमा पहिरो खस्दा झन्डै १० मिनेट म्याग्दी नदी थुनिएको थुनिएको थियो गएराति १० बजेदेखिको वर्षाले गएराति १० बजेदेखिको वर्षाले पहिरो खसेको उनले बताए । मनसुन सक्रिय भएसँगै जिल्लामा बाढी पहिरोका घटना बढेका छन् ।