अनेरास्ववियुको अध्यक्षमा आरती लामा

काठमाण्डु टुडे २०८० भदौ १० गते १८:१३ मा प्रकाशित

काठमाण्डु, १० भदौ– आरती लामा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष चयन भएकी छन् ।

यसअघिका अध्यक्ष सुदेश पराजुलीले आफू विद्यार्थी राजनीतिबाट अलग भएको घोषणा गर्दै लामालाई अध्यक्षको जिम्मेवारी दिइएको बताए ।

पराजुलीले आइतबार सामाजिक सञ्जालमातर्फ लामा अध्यक्ष र महासचिवमा महेश श्रेष्ठ चयन भएको जानकारी दिए ।

एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेपछि पराजुली अखिल अध्यक्ष चुनिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us