थापाथली पुलमुनि एक युवकको शव फेला

काठमाण्डु टुडे २०८२ असार २५ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, २५ असार– काठमाण्डू महानगरपालिका–११, थापाथलीमा रहेको पुलमुनि एक जनाको शव फेला परेको छ । नजिकै रहेको सुकुमबासी बस्तीमा बस्ने मकवानपुर बकैया गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जनाएको छ ।

प्रहरीका अनुसार, शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर, काठमाण्डूका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us