अभिमुखीकरणमै सांसदहरू अनुपस्थित, असन्तुष्ट सभामुखले भने: जनताले मूल्यांकन गर्दैछन्

काठमाण्डु टुडे २०८३ असार १५ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, १५ असार– प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सांसदहरूको हरेक गतिविधिको आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै सोहीअनुसार अब्बल व्यवहार प्रदर्शन गर्न निर्देशन दिएका छन ।

संघीय संसद् सचिवालयले सोमबारदेखि सिंहदरबारमा आयोजना गरेको सांसदहरू लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् । सो क्रममा उनले कार्यक्रममा सांसदहरूको न्यून र ढिलो उपस्थितिप्रति खुलेरै असन्तुष्टि जनाएका छन ।

जनताको मूल्यांकनमा अब्बल बन्न आग्रह

सांसदहरूको मूल्यांकन अब पार्टीका सभापति, अध्यक्ष वा प्रधानमन्त्रीले मात्र नभई आम नागरिकले गरिरहेको उनले स्मरण समेत गराएका छन ।

उनले भने, ‘हामी लाखौँ जनताले मत दिएर पठाएका जिम्मेवार नागरिक हौँ। आज कार्यक्रममा समयमै उपस्थिति हुनेदेखि हाम्रा हरेक गतिविधिलाई जनताले मूल्यांकन गरिरहनुभएको छ, ‘जनताले गर्ने त्यो मूल्यांकनमा अब्बल नम्बर ल्याउन सांसदहरूबीच राम्रो कानुन बनाउने, राम्रो व्यवहार देखाउने र उत्कृष्ट प्रस्तुति दिने विषयमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ।’

सभामुख अर्यालले बिहान १० बजे सुरु भएको कार्यक्रममा सांसदहरूको बाक्लो उपस्थितिको अपेक्षा गरे पनि त्यसो नभएको भन्दै गुनासो गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us