सैन्य भर्ना तालिम लिइरहेका युवकको कोठाबाट पेस्तोल बरामद

काठमाण्डु टुडे २०८२ असार २५ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, २५ असार– प्रहरीले दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, त्यहाँ तालिमरत् १९ वर्षीय अजय विकले अवैध हतियार र गोली लुकाएर राखेको सूचना पाएपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय, घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वमा खटिएको टोलीले उनी सुत्ने खाटमुनि कालो रंगको झोलामा ०.३२ पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसमा लाग्ने ४ वटा गोली र म्याग्जिन समेत बरामद गरीएको पनि प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us