सन्दिपको मुद्धा फेरि हेर्न नभ्याइनेमा

काठमाण्डु टुडे २०८० भदौ १० गते १६:३९ मा प्रकाशित

काठमाण्डु, १० भदौ– नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस आइतबार पनि हुन सकेन ।

सन्दिपविरुद्धको बहस मुद्धाको अन्तिम पेशी आइतबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो ।

यसअघि ३२ साउनमा रहेको पेशीमा सुनुवाइका क्रममा न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी गौशाला–१६ की आमाको जन्ममिति झिकाउन आदेश दिएको थियो ।

आदेशअनुसार पीडितकी जन्ममिति प्रमाणीकरण भई अदालतमा पेश भइसकेको छ । समय अभावका कारण मुद्धा हेर्न नभ्याइनेमा राखिएको अदालत प्रशासनले जनाएको छ ।

उक्त मुद्धाको सुनुवाई पेशी नम्बर–५ मा थियो । सर्वोच्चले अदालतले मुद्दाको किनारा छिटो लगाउन आदेश दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us