
भैरहवा, ९ भदौ– भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायतका सामान बरामद गरेको छ ।
प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको अवस्थाम ती सामान लोड गरिएको दुईवटा ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
भैरहवा भन्सार कार्यालय प्रमुख मणिराम पौडेलले चेकजाँचका क्रममा एउटा भनेर अर्कै सामान ल्याएको पाइएकाले सामानहितको ट्रक नियन्त्रणमा लिइएको बताए । ती सामाको मूल्य करिब दुई करोड रहेको उनले जानकारी दिए ।
चालकले भन्सार जाँचका क्रममा प्लाष्टिक दाना ल्याएको स्वघोषणा गरेका थिए । कर्मचारीले शंका लागेर चेकजाँच गर्दा कपडा, काजु र किसमिसलगायतका सामान ल्याएको पाइएको हो ।
ना५ख ३३५ नम्बरको नेपाली ट्रक र युपी५३जीटी०५७८ नम्बरको भारतीय ट्रक भन्सारको नियन्त्रणमा छन् । दुवै ट्रकका चालक भने फरार भएका छन् ।
चालक फरार भएकाले सामान धनी पत्ता लाग्न नसकेको भैरहवा भन्सारका सूचना अधिकारी युवराज भटराईले जानकारी दिए ।a