
काठमाण्डु, ९ भदौ– सत्तारुढ कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएको छ ।
इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा प्रधानमन्त्रीको सरकारी निवास घेरा उगर्न लागिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए ।
इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेकामा विभिन्न पार्टीनिकट विद्याथी घटकले आपत्ति जनाउँदै आएका छन् । शेर्पाले शनिबार एक विज्ञप्त जारी गदैृ शुल्कवृद्धिको विरोधमा आइतबार बिहान १० बजे बालुवाटार घेराउको कार्यक्रम राखिएको बताएका छन् ।
गुणस्तरीय र सर्वशुलभ शिक्षा नागरिकको अधिकार तथा राज्यको दायित्व भएको उल्लेख गर्दै शेर्पाले शिक्षा महंगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट बञ्चित हुने भन्दै चिन्ता जनाए ।
शुल्कवृद्धिको फिर्ता लिनुपर्ने माग गर्दै पाँच दिनयता आमरण अनशन बसेका नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षा गर्न नेविसंघले सरकारसँग माग गरेको छ ।