
चितवन, ८ भदौ– मुग्लिङ नजिकै पहिरो खसेका कारण पृथ्वी राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलामा शुक्रबार साँझ पहिरो खसेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीका डीएसपी विजयराज पण्डितले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको बताए ।
उनका अनुसार गन्तव्यमा हिंडेका सयौं यात्रु पहिरोका कारण बीचैमा अलपत्र परेका छन् ।