
धरान, ९ भदौ– धार्मिक र्यालीमा जातीय हिंसा हुन सक्ने सम्भावनालाई ध्यान दिएर स्थानीय प्रशासनले धरान प्रवेशमा कडाई गरेको छ ।
धरानमा हिन्दूवादीहरुका विभिन्न संस्थाले जुलुस आयोजना गरेका छन् । यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको थियो ।
सम्भावित दुर्घटना रोक्न धरानका मुख्य र भित्री सडकमा बाक्लो सुरक्षा तैनाथी छ । बाहिर जान नरोकिए पनि भित्र आउन भने निकै कडाई गरिएको छ । लामो ताथ छोटो दूरीका सवारी साधन चलेका छैनन् ।
यसैबीच राजनीतिक दलहरुले संयमता अपनाउन तथा धार्मिक सहिष्णुता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।