रवि लामिछानेलाई स्वास्थ्य शिविर सञ्चालनमा रोक

काठमाण्डु टुडे २०८० भदौ ९ गते ११:०८ मा प्रकाशित

चितवन, ९ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मोबाइल स्वास्य क्लिनिक सञ्चालनमा रोक लगाइएको छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मोबाइल स्वास्थ्य क्लिनिक सञ्चालनको योजना बनाएका थिए । उनलाई कालिका नगरपालिकाले क्लिनिक सञ्चालन अनुमति नदिएको हो ।

व्यक्तिले क्लिनिक सञ्चालन गर्न अनुमति दिने कानून नभएको नगरपालिकाले जनाएको छ । लामिछानेले नगरपालिकामा शिविर सञ्चालनको अनुमतिका लागि निवेदन दिएका थिए ।

पालिकाले पत्र नै लेखेर शिविर सञ्चालनको अनुमति दिन नसक्ने भएकाले प्रदेशबाट अनुमति लिन भनेको छ ।

कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले विद्यमान कानूनअनुसार धुम्ती शिविर सञ्चालन गर्न पालिकाले अनुमति दिन नसक्ने बताए ।

लामिछानेले भरतपुरस्थित पुरानो मेडिकल कलेजको टिम परिचालन गरी निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us