प्रभावशाली अमेरिकी सिनेटर होलेन नेपाल आउने

काठमाण्डु टुडे २०८० भदौ ९ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– प्रभावशाली अमेरिकी सिनेटका सदस्य क्रिस भ्यान होलेन नेपाल आउने भएका छन् ।

अमेरिकी सनिटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटी सदस्य सिनेटर होलेन आगामी सेप्टेम्बरको पहिलो साता नेपाल आउने भएका हुन् । होलेन अमेरिकाको डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुन् ।

नेपाल भ्रमणका क्रममा होलेनले राजनीतिक दलका नेता, उच्च सरकारी अधिकारी, सांसद, नागरिक अगुवा, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतसँग भेट्ने कार्यक्रम छ । यस्तै अमेरिकी लगानीमा सञ्चालित विकास आयोजना र मौलिक नेपाली सांस्कृतिक क्षेत्रको अध्ययन भ्रमण गर्नेछन् ।

सिनेटर होलानको सचिवालयका अनुसार उनको यो भ्रमणले दक्षिण एसियाली देश र अमेरिकाबीच मजबुत र अर्थपूर्ण साझेदारी हुनेछ । होलेनले एकैसाथ नेपाल, श्रीलङ्का र माल्दिभ्सको भ्रमणमा निस्कन लागेका हुन् ।

उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टिपीएस) मार्फत स्थायी बसोबाससम्बनधी कानून निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us