
झापा, ८ भदौ– झापामा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) माथि बञ्चरो प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज युवराज कटुवालमाथि बिहीबार राति एक युवाले बञ्चरो प्रहार गरेका हुन् । बञ्चरो प्रहारबाट कटुवाल घाइते भएका छन् ।
कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ । पूर्वपश्चिम राजमार्गस्थित झरना खोलानजिक नियमित सवारी जाँचमा खटिएका बेला उनीमाथि बञ्चरो प्रहार भएको झापा प्रहरीले जनाएको छ ।
झापा प्रहरीका एसपी दुर्गाराज रेग्मीले तीन जना सवार मोटरसाइकल रोकेर नियन्त्रणमा लिने क्रममा एक जनाले अचालक बञ्चरोले प्रहार गरिएको जानकारी दिए ।
कटुवालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आक्रमणकारीसहित मोटरसाइकलमा सवार सबैलाई नियन्त्रणमा लिएको छ।