सुन तस्करीमा कनेक्सन देखिएका अध्यागमन प्रमुख अधिकारी गृह मन्त्रालय तानिए

काठमाण्डु टुडे २०८० भदौ ७ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन काार्यलयका प्रमुख सह–सचिव झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।

६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग ‘कनेक्सन’ देखिएपछि अधिकारीलाई बिहीबार मन्त्रालय तानिएको हो । गत २ साउनमा हङकङ हुँदै मोटरसाइकलको ब्रेकसुमा लुकाएर राखिएको सुन भन्सार पास भएर बाहिरिएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

बुधबार मात्र प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी –रास्वपा) सभापति रवि लामिछानेले सरकारका एक बहालवाला महानिर्देशक सुन तस्करीमा संलग्न रहेको प्रमाण आफूसँग रहेको र आवश्यक परे सरकारलाई उपलब्ध गराउने बताएका थिए ।

‘सरकारका बहालवाला एक निर्देशकले सुन आएको कुराको जानकारी पक्राउ परेका दावा नामका व्यक्तिलाई फोटोसहित पठाएको जानकारी मसँग छ’, उनले भनेका थिए । लामिछानेले संकेत गरेका व्यक्ति महानिर्देशक अधिकारी भएको खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us