सिरहामा अत्याधिक भारी वर्षा, तीन प्रदेशमा धेरै पानी पर्ने

काठमाण्डु टुडे २०८० भदौ ८ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– सिरहामा भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घन्टामा सिरहामा १ सय ९ मिलिमिटर वर्षात भएको लहान स्टेशनमा मापन भएको छ ।
पछिल्लो एक घन्टामा मात्र ४९.४ मिलिमिटर वर्षा भएको छ ।

बाढीको सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन स्थानीय प्रशासनले जनाएको छ । वर्षाका कारणमा दूधकोशी र कमला नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।
बाढी पूर्वमानुमान महाशाखका अनुसार रानीबासमा कमला नदीको जलसतह ३.७८ मिटर पुगेको छ ।

आज दिउँसो र राति कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाको विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us