संसदीय समिति सभापतिको नर्वाचन ११ भदौमा

काठमाण्डु टुडे २०८० भदौ ७ गते १४:०९ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– संसदीय समिति सभापतिहरुको चयन ११ भदौमा हुने भएको छ ।
सभामुख देवराज घिमिरेसहित प्रमुख चार दलका प्रमुख सचेतक र सचेतकको बैठकमा बिहीबार भदौ ११ गते सभापतिहरुको चयनका लागि निर्वाचन गर्ने सहमति भएको हो ।
प्रतिनिधिसभाका १० विषयगत र दुई संयुक्त समिति सभापतिविहीन छन् । सभापति चयन नहुँदा समिति बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us