मेलम्चीमा फेरि बाढी, माथिल्लो बजार उच्च जोखिममा

काठमाण्डु टुडे २०८० भदौ ८ गते ८:०७ मा प्रकाशित

मेलम्ची, ८ भदौ– सिन्धुपाल्चोकस्थिगत मेलम्ची नदीमा बाढी आएको छ ।

बअविरल वर्षाका कारण ‍हेलम्बु गाउँपालिका–४ स्थित मेलम्चीमा बढी आएको हो । बाढीका कारण सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ ।

वडाध्यक्ष बुद्धिमान तामाङले मेलम्ची धार परिवर्तन गरी बगेका कारण विद्यालय भवन उच्च जोखिममा परेको बताए । विद्यालयको निर्माणाधीन भवनको पिलर बाढीले बगाएको छ । बाढीको जोखिममा परेपछि आज विद्यालय बन्द गरिएको छ ।

यस्तै ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको प्रहरीले जनाएको छ । नदीको बहाब बजार नजिकै पुगेको छ । नदी बस्तीमा पस्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले ‍पछिल्लो २४ घन्टामा मेलम्ची आसपास क्षेत्रमा १ सय २२ मिलिमिटर वर्षा भइरहेको छ ।

२०७८ असार १ मा आएको बाढीले मेलम्चीमा ठूलो धनजनको क्षति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us