
काठमाण्डु, ७ भदौ– एमाले अध्यक्ष केपी ओलीले आफूलाई फसाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
एमाले निकट पूर्वसुरक्षाकर्मी संगठनको कार्यक्रममा बिहीबार उनले विरोधीले आफूलाई फसाउन माकुरोको जालो बुनिरहेको बताए । यद्यपि माकुराको जालोमा भैंस्ी नपर्ने उनको भनाइ थियो ।
आफूले प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री हुँदै फस्ने गरी कुनै निर्णय नगरेको तर, अहिले त्यतिबेलाका निर्णयहरु खोज्ने काम भएको बताए । तर, कसैले आफूलाई गोली हान्न सक्ने जिकिर उनले गरे ।
ओलीले गोली हानिए पनि आपत्ति नहुने उल्लेख गरे । उनले कानूनका आधारमा आफू पदमा हुँदा गरेको निर्णयमा टेकेर हत्कडी लगाउने ठाउँ नभेटिने जिकिर ओलीले गरे ।
फरक प्रसंगमा ओलीले सामाजि कसञ्जाल अमर्यादित बन्दै गएको बताए । फेसबुकको हिरो हुन जथाभावी बोल्ने प्रवृत्ति हाबी भएको उनले बताए । भ्रष्टाचार र तस्करीका दोषीलाई उन्मुक्ति दिन एमालेले भ्रष्टाचार गरेको हल्ला फिँजाउने गरिएको भन्दै आपत्ति जनाए ।