गिरिबन्धु टी–स्टेटमा ललिता निवासभन्दा बढी घोटाला भएको छः केसी

काठमाण्डु टुडे २०८० भदौ ७ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, ७ भदौ– कांग्रेस सांसद राजन केसीले झापाको विर्तामोडस्थित गिरिबन्धु टी–स्टेट प्रकरणमा अरबौंको घोटाला भएको भन्दै छानबिन अघि बढाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै केसीले टी–स्टेटको जग्गा सट्टापट्टा गर्दा खरबौं घोटाला भएको बताए । ललिता निवासभन्दा ठूलो घोटाला गिरीबन्धुमा भएको उनको भनाइ थियो ।

‘५ सय बिगा बहुमूल्य जग्गा दूर्गम एरियामा सट्टापट्टा गरेर दोहोन गर्न मिल्छ ? गिरिबन्धुको तुलनामा ललिता निवास प्रकरण केही होइन’, केसीले भने, ‘त्यहाँ हालको मूल्यमा खर्बौको घोटाला भएको छ । छानबिन गर्नुपर्ने होइन र ?’

एमाले अध्यक्ष केपी ओलीले बुधबार गिरिबन्धु टी–स्टेटमा छानबिन जरुरी नरहेको टिप्पणी गरेका थिए । सांसद केसीले गिरिबन्धुसहित वाइडबडी, गोकर्ण रिसोर्ट र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबनि हुनुपर्ने माग राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us