शुक्रबार, २१ वैशाख, २०८१

समाचार

उम्मेद्वारको नाम सिफारिस गर्न काँग्रेसको निर्देशन

२०७० भदौ ७ गते १४:१०

काठमाण्डु, ७ भदौ– नेपाली काँग्रेसले आसन्न संविधानसभा निर्वाचनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट ८ जना सम्भावित उम्मेद्वारको नाम सिफारिस गरेर पठाउन देशका ७५ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्षतर्फको उम्मेद्वारीका लागि तीन जना र समानुपातिकका...

तोकिएकै मितिमा निर्वाचन गर्न राष्ट्रपतिको सुझाव

२०७० भदौ ७ गते १४:०८

काठमाण्डु, ७ भदौ– राष्ट्रपति रामवरण यादवले तोकिएकै मितिमा संविधानसभा निर्वाचन गराउन सरकारलाई सुझाव दिनुभएको छ । शीतलनिवासमा शुक्रबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भएको भेटमा यादवले कुनै हालतमा निर्वाचन मिति परिवर्तन नहुने गरी तयारी तीव्र पार्न सुझाव दिएका हुन् । भेटमा राष्ट्रपति यादवले असन्तुष्ट दलहरुसँग...

अख्तियारद्वारा अन्तर्राष्ट्रिय विमानस्थलका ३५ कर्मचारी पक्राउ

२०७० भदौ ७ गते ११:५९

काठमाण्डु, ७ भदौ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ जनालाई पक्रेको छ । अख्तियारले विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम कक्षबाट १३ जना, विभागकै अन्तिम स्वीकृति शाखाबाट चार जना र अध्यागमन विभागबाट १८ जना पक्राउ परेका छन् ।...

सरकार खारेजी र मंसिर ४ को निर्वाचन नसरे मान्दैनौं : वैद्य

२०७० भदौ ७ गते ११:१०

काठमाण्डु, ७ भदौ– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान सरकार खारेजी र ४ मंसिरमा घोषित संविधानसभा निर्वाचन स्थगनको मागमा लचकता अपनाउन नसकिने बताएका छन् । काठमाण्डुको बानियाँटारस्थित आफ्नै निवासमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष वेद्यले गोलमेच सम्मेलनमा पनि सरकार परिवर्तन र संविधानसभाको घोषित मिति नमान्ने...

माओवादीबाट उत्पादन ब्रिगेड घोषणा

२०७० भदौ ७ गते ८:१४

पोखरा, ७ भदौ– एकीकृत नेकपा एमाओवादीले हेटौंडा महाधिवेशनले लिएको उत्पादन कार्यदिशा कार्यान्यवनका सिलसिलामा कास्कीबाट पहिलोपटक उत्पादन ब्रिगेड घोषणा गरेको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमुवान क्षेत्रस्तरीय उत्पादन बिग्रेड घोषणा गरेका हुन् । अन्नपूर्ण उत्पादन ब्रिगेड नाम दिइएको उक्त...

सात वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

२०७० भदौ ७ गते ६:२३

महोत्तरी, ७ भदौ– महोत्तरीको हरिहरपुरमा दलित बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ । बलात्कारमा सलग्न हरिनमरी–७ का १७ वर्षीय नब्बु दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दासले गत मंगलबार सोही गाउँकी सात वर्षीया दलित बालिकालाई बारीमा तरकारी टिप्दै गर्दा...

आज मतदाता सूचीमा नाम लेखाउने अन्तिम दिन

२०७० भदौ ७ गते ६:०६

काठमाण्डु, ७ भदौ– फोटोसहितको मतदाता सूचीमा नाम लेखाउन निर्वाचन आयोगले थप गरेको एक साताको समय आज सकिँदैछ । करिब ५५  लाख मतदाता छुटेको भन्दै दलहरूले पुन: मतदाता नामावली अद्यावधि गर्न आग्रह गरेपछि आयोगले गत भदौ १ देखि आजसम्म नामावली दर्ताको समय थप गरेको थियो...

उम्मेद्वारको नाम पठाउन एमालेको निर्देशन

२०७० भदौ ६ गते १२:५०

काठमाण्डु, ६ भदौ – एमालेले आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । पार्टी मुख्यालय बल्खुमा बिहीबार बसेको स्थायी कमिटी बैठकले देशका २ सय ४० वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नाम केन्द्रमा पठाउन जिल्ला र क्षेत्रीय कमिटीलाई...

कसैको वैशाखी टेक्न नपर्ने गरी बहुमत देऊ: प्रचण्ड

२०७० भदौ ६ गते १२:३२

काभ्रे, ६ भदौ –एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत संविधानसभा निर्वाचनमा पार्टीको स्पष्ट बहुमत नआएका कारण सरकार गठनका लागि एमाले र मधेसी दलको वैशाखी टेक्नुपरेको बताएका छन् । पार्टी युवा संगठन योङ कम्युनिष्ट लिग वाइसीएलको ताम्सालीङ सम्मेलनको बिहीबार काभ्रेको बनेपामा उद्घाटन गर्दै...

‘बर्डफ्लु भारतबाट भित्रियो’

२०७० भदौ ६ गते १०:५९

काठमाडौ, ६ भदौ–नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले नेपालमा भारतबाट बर्डफ्लु भित्रिएको दावी गरेका छन् । अखिल नेपाल किसान महासंघद्धारा बिहिवार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतीय कृषि उत्पादनमा डम्पिङ चार्ज हटाएपछि बहुराष्ट्रिय कम्पनी केएफसीले भित्राउने मृत कुखुराको मासुबाट...

यथाशीघ्र गोलमेच बैठक गर्ने सहमति

२०७० भदौ ६ गते ६:२३

काठमाण्डु, ६ भदौ– उच्चस्तरीय राजनीतिक समिति र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाबीच थयाशीध्र सर्वदलीय वार्ता आह्वान गर्ने सहमति भएको छ । समिति र मोर्चाबीच बिहीबार भएको वार्तामा निर्वाचनसहित सबै विषयमा सहमति जुटाउन सर्वपक्षीय वार्ता गर्ने सहमति भएको बैठकपछि नेताहरुले बताएका छन् ।  बैठकको...

मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र प्रचण्डबीच भेटवार्ता

२०७० भदौ ६ गते ६:१८

काठमाण्डु, ६ भदौ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार भेटवार्ता भएको छ । भेटका क्रममा आसन्न संविधानसभा निर्वाचन र असन्तुष्ट दलसँग भइरहेका सहमति प्रयासबारे छलफल भएको मन्त्रिरिषद् अध्यक्षको निजी सचिवालयले जनाएको छ । अध्यक्ष रेग्मीका प्रेस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us