जब भालुलाई हानेको गोली सेनालाई लाग्यो…

काठमाण्डु टुडे २०८१ वैशाख २० गते १७:०० मा प्रकाशित

चितवन, २० वैशाख–चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागि सेनाकै प्यूठ घाइते भएका छन् ।

घाइते हुनेमा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नयाँ गोरख गणमा कार्यरत प्युठ कुन्दन सिंह घाइते भएका हुन् । गस्तीमा गएका बेला निकुञ्जभित्रै सैनिक हवल्दार ४० वर्ष लक्ष्मणकुमार थापालाई बिहीबा
बिहान पौने १० बजेतिर भालुले आक्रमण गरेको थियो ।

आक्रमणकारी भालुलाई लक्षित गरी चलाएको गोली दुर्घटनाबस सिंहलाई लागेको प्रहरीले जनाएको छ ।

उनको दाहिने घुँडा मुनी गोली लागेको बताइएको छ । गोली लागी घाइते भएका सिंह र भालु आक्रमणमा घाइते भएका थापालाई उपचारका लागि सैनिक अस्पताल छाउनी ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us