माओवादीबाट उत्पादन ब्रिगेड घोषणा

काठमाण्डु टुडे २०७० भदौ ७ गते ८:१४ मा प्रकाशित

पोखरा, ७ भदौ– एकीकृत नेकपा एमाओवादीले हेटौंडा महाधिवेशनले लिएको उत्पादन कार्यदिशा कार्यान्यवनका सिलसिलामा कास्कीबाट पहिलोपटक उत्पादन ब्रिगेड घोषणा गरेको छ ।
maoist flagपोखरामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमुवान क्षेत्रस्तरीय उत्पादन बिग्रेड घोषणा गरेका हुन् । अन्नपूर्ण उत्पादन ब्रिगेड नाम दिइएको उक्त ब्रिगेडको नेतृत्व वाइसीएल तमुवान संयोजक दीपक कोइराला ‘रुपक’ ले गर्नेछन् । प्रचण्डले कोइरालालाई निर्माण तथा उत्पादन सामग्री हस्तान्तरण गरी ब्रिगेडको औपचारिक उद्घाटन गरे । ब्रिगेडले पूँजी र श्रमलाई संगठित गरी युवाहरुलाई रोजगारी प्रदान गर्ने तथा  उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने कोइरालाले बताए । कार्यक्रममा प्रचण्डले पार्टीको हेटौंडा महाधिवेशनको उत्पादन कार्यदिशाअनुसार ब्रिगेड निर्माण गरिएको बताए ।

पोखराबाट सुरुआत भएको र यसलाई देशव्यापी रुपमा विस्तार गरिने उनले जनाए । युवा वर्गलाई स्वरोजगार बनाएरु समाजवादी क्रान्तिको आधार तयार पार्नु र राष्ट्रिय पूँजी निर्माण गर्नु आफूहरुको लक्ष्य रहेको उनको भनाइ थियो । उनले स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने काममा समेत उत्पादन ब्रिगेडले भूमिका खेल्ने जानकारी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us