शुक्रबार, ४ जेठ, २०८१

समाचार

प्रचण्ड–बाबुरामले रेग्मीलाई भने: ‘सक्छौ भने हामीलाई जेल हाल’

२०७० भदौ १८ गते ८:२४

काठमाण्डु, १८ भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले द्वन्द्वकालीन घटना आफूहरुको निर्देशनमा भएकाले जेल हालेर देखाउन चुनौती दिएका छन् । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई मंगलबार बालुवाटारस्थित सरकारी निवासमा भेटेर उनीहरूले यस्तो चुनौती दिएका हुन् । ‘२०५२ साल फागुन १ देखि...

बाढीले बगाएर एकजनाको मृत्यु, ५ घर पुरिए

२०७० भदौ १८ गते ८:२२

काठमाण्डु, १८ भदौ । अविरल बर्षापछिको बाढीले बगाउँदा सिराहामा एक मजदुरको मृत्यु भएको छ भने बाग्लुङमा पाँच घर पहिरोले बगाएको छ ।...

दार्चुलामा सरकारी राहत:‘हात्तीको मुखमा जिरा’

२०७० भदौ १८ गते ६:०४

दार्चुला, १८ भदौ – दार्चुलाका बाढीपीडितलाई सरकारले हालसम्म ४ सय १० क्विन्टल चामल मात्र पठाएको छ । गत असार पहिलो साताको बाढीपहिरोले तहसनहस भएको दार्चुलामा सरकारले पठाएको खाद्यान्न अपुग भएको सरोकारवालाको भनाई छ । बाढीपीडितका लागि सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाएको राहत सामग्री अपुग...

चितवनका सबै संस्थागत विद्यालय बन्द

२०७० भदौ १८ गते ४:४३

चितवन, १८ भदौ–संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) नेपाल जिल्ला समिति चितवनले आह्वान गरेको बन्दले जिल्लाका सम्पूर्ण संस्थागत विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारको निर्देशन विपरीत अत्यन्त न्यून तलब दिएर शिक्षकहरूको श्रम शोषण गरेको भन्दै समितिले मंगलबार विद्यालय बन्दको घोषणा गरेको हो ।...

उच्चस्तरीय समितिको बैठक बस्दै

२०७० भदौ १८ गते ४:१३

काठमाण्डु, १८ भदौ – चुनावी प्रकृयाप्रति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने उपायबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक मंगलबार बस्दै छ । बैठक बेलुका ६ बजेपछि नयाँबानेश्वरस्थित समितिको कार्यालयमा बस्ने छ । बैठकमा नेकपा–माओवादी नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई सहमतिमा ल्याउने...

वाइसीएलको अधिवेशन आज सकिदै

२०७० भदौ १८ गते ४:११

काठमाण्डु, १८ भदौ – काठमाण्डुको प्रज्ञाभवनमा जारी एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल)को प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिदै छ । संगठनको नयाँ नेतृत्व र नयाँ कार्ययोजना सहित अधिवेशन सकिने निवर्तमान अध्यक्ष गणेशमान पुनले जानकारी दिए । अधिवेशनले पुनकै...

बौद्ध धर्मालम्वीले पन्चदान पर्व मनाउँदै

२०७० भदौ १८ गते ४:१०

काठमाण्डु, १८ भाद्र । बौद्ध धर्मालम्वीले मंगलबार पन्चदान पर्व मनाउँदै छन् । बज्राचार्य, शाक्य तथा चैलकहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायत दान गरी प्रत्येक बर्ष भाद्र कृष्ण त्रयोदशीको दिन यो पर्व मनाउने गरिन्छ । बौद्ध धर्मावलम्वीले दिन बहाबही वा आफ्नै घरमा...

पुतलीसडकमा आगलागी

२०७० भदौ १८ गते ४:०७

काठमाण्डु, १८ भदौ – काठमाडौंमा विद्युत सर्ट भएर एकसाताको अवधिमा तीन स्थानमा आगलागी भएको छ । मंगलबार विहान मात्रै पुतलीसडकस्थित कृष्णहरि मानन्धरको घरमा आगलागी भएको छ । यसअघि जमलस्थित ज्योती भवन र ज्ञानेश्वरस्थित एक घरमा पनि विद्युत सर्ट भएर आगलागी हुँदा लाखौंको धनमाल जलेर...

भारतका नयाँ राजदूत रन्जित रे नेपालमा

२०७० भदौ १७ गते १४:५९

काठमाण्डु, १७ भदौ– नेपालका लागि नवनियुक्त भारतीय राजदूत रन्जित रे आफ्नो कार्यभार सम्हाल्न सोमबार काठमाण्डु आएका छन् । राजदूत जयन्तप्रसादको कार्यकाल सकिएपछि भारतले रेलाई नयाँ राजदूतको रुपमा नेपाल पठाएको हो । राजदूत रेले बुधबार राष्ट्रपति डा.रामवरण यादवसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम तय...

पूर्वमन्त्री खपाङ्गीको अवस्था नाजुक

२०७० भदौ १७ गते १४:१९

काठमाण्डु, १७ भदौ – पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको स्वस्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिङ्गापुरको एलिजाफेद अस्पतालमा उपचार गराइरहेका खपाङ्गीको सिङ्गापुर अस्पतालमा मात्रै एक लाख  २२ हजार सिङ्गापुर डलर (एक करोड एक लाख २६ हजार रुपैयाँ) खर्च भइसकेको छ ...

माओवादीमा चार जनाको हेर्डक्वाटर, राज्य संयोजक हेरफेर

२०७० भदौ १७ गते १३:२७

काठमाण्डु, १७ भदौ–एकीकृत माओवादीले फेरि केन्द्रीय कार्यालय ( हेर्डक्वाटर) टिम निर्माण गरेको छ । काठमाण्डु, १७ भदौ–एकीकृत माओवादीले फेरि केन्द्रीय कार्यालय ( हेर्डक्वाटर) टिम निर्माण गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर...

दावी विरोधकालागि मतदाता नामावली प्रकाशित

२०७० भदौ १७ गते ११:४३

काठमाण्डु, १७ भदौ–निर्बाचन आयोगले यही भदौ पहिलो साता संकलन गरेको मतदाता नामावली दावी विरोधकालागि प्रकाशित गरेको छ । सम्बन्धित जिल्लाको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मंगलबार अपरान्ह चार बजेसम्म सूचना दिन आयोगले भनेको छ । दावी विरोध दर्ता भएकालाई मतदाता नामावलीमा आधिकारिकताकालागि  स्पष्ट प्रमाण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us