पुतलीसडकमा आगलागी

काठमाण्डु टुडे २०७० भदौ १८ गते ४:०७ मा प्रकाशित

काठमाण्डु, १८ भदौ – काठमाडौंमा विद्युत सर्ट भएर एकसाताको अवधिमा तीन स्थानमा आगलागी भएको छ । मंगलबार विहान मात्रै पुतलीसडकस्थित कृष्णहरि मानन्धरको घरमा आगलागी भएको छ ।

यसअघि जमलस्थित ज्योती भवन र ज्ञानेश्वरस्थित एक घरमा पनि विद्युत सर्ट भएर आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको थियो ।

मंगलबार विहान पुतलीसडकस्थित मानन्धरको घरमा आगलागी हुँदा सो घरमा रहेका लुम्विनी जुुस पसल र ट्रिनीटी डिजिटल रेकर्डिङ स्टुडियो पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगोबाट मिसन टुर्स एन्ड ट्राभल्स र एक रेष्टुरेन्टमा पनि आंशिक क्षति पुगेको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ ।

घरको भुईंतलामा विजुली सर्ट भएर विहान साढे चार बजेबाट आगलागी शुरु भएको थियो । सेना, सशस्त्र, जनपद प्रहर, स्थानीयबासी र दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउने क्रममा पुतलीसडकमा केहीबेर सवारी साधन सन्चालनमा रोक लगाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us