पूर्वमन्त्री खपाङ्गीको अवस्था नाजुक

काठमाण्डु टुडे २०७० भदौ १७ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, १७ भदौ – पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीमगरको स्वस्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
Gore_Bahadur_Khapangi_Magarसिङ्गापुरको एलिजाफेद अस्पतालमा उपचार गराइरहेका खपाङ्गीको सिङ्गापुर अस्पतालमा मात्रै एक लाख  २२ हजार सिङ्गापुर डलर (एक करोड एक लाख २६ हजार रुपैयाँ) खर्च भइसकेको छ  । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुन नसकेपछि उनलाई सिङ्गापुर गत २३ अगस्टमा सिङ्गापुरको एलिजावेथ अस्पताल भर्ना गरिएको थियो । ९ दिनमै उपचारमा एक करोडभन्दा धेरै रकम खर्च भएपछि उनको थपचार गर्न समस्या भएको छ ।

खपाङ्गीको उपचारमा न्यूरो सर्जन डाक्टर आइभन र डाक्टर ली संलग्न छन् । उनका सहयोगी नन्दबहादुर घर्तीका अनुसार चिकित्सकले भिपी नन्सट नली फेर्नुपर्ने बताएका छन् । यसअघि खपाङ्गीको बाँसबारीस्थित न्यूरो अस्पतालमा भिपी नन्सट नली हालिएको थियो ।  न्यूरोले हालेको नली खराब भएकाले उनको अवस्था झन बिक्रिएको घर्तीले बताए । खपाङ्गी मोटरसाइकलले ठक्करबाट तीन महिनाअघि गम्भीर घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us