
काठमाण्डु, १८ भाद्र । बौद्ध धर्मालम्वीले मंगलबार पन्चदान पर्व मनाउँदै छन् । बज्राचार्य, शाक्य तथा चैलकहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायत दान गरी प्रत्येक बर्ष भाद्र कृष्ण त्रयोदशीको दिन यो पर्व मनाउने गरिन्छ ।
बौद्ध धर्मावलम्वीले दिन बहाबही वा आफ्नै घरमा दिपंकर बुद्ध, बसुन्धरा, करुणामयका मूर्तिहरु सजाएर दिनभर पन्चदान गर्ने प्रचलन छ । काठमाडौंको मरुसत्तलको दक्षिणतर्फ र सिंहसत्तलको अगाडी चारवटा दलीनले चतुर्भुजाकार दानशाला बनाइ पीङ्गनानीको ताम्राकारहरुको गुठीले पन्चदान गर्दैछ । स्वयम्भु, बौद्ध लगायत स्थानमा मंगलबार ठूलो मेला लागेको छ ।