दावी विरोधकालागि मतदाता नामावली प्रकाशित

काठमाण्डु टुडे २०७० भदौ १७ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, १७ भदौ–निर्बाचन आयोगले यही भदौ पहिलो साता संकलन गरेको मतदाता नामावली दावी विरोधकालागि प्रकाशित गरेको छ ।

सम्बन्धित जिल्लाको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मंगलबार अपरान्ह चार बजेसम्म सूचना दिन आयोगले भनेको छ । दावी विरोध दर्ता भएकालाई मतदाता नामावलीमा आधिकारिकताकालागि  स्पष्ट प्रमाण खुल्ने कागजपत्र लैजानुपर्ने छ ।

आयोगले गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम छुटेकाहरुलाई भदौ १ देखि सात गतेसम्म अन्तिम मौका दिएर विवरण संकलन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us