वाइसीएलको अधिवेशन आज सकिदै

काठमाण्डु टुडे २०७० भदौ १८ गते ४:११ मा प्रकाशित

YCL-Nepal-Logoकाठमाण्डु, १८ भदौ – काठमाण्डुको प्रज्ञाभवनमा जारी एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल)को प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिदै छ । संगठनको नयाँ नेतृत्व र नयाँ कार्ययोजना सहित अधिवेशन सकिने निवर्तमान अध्यक्ष गणेशमान पुनले जानकारी दिए । अधिवेशनले पुनकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

नयाँ नेतृत्व चयन अघि बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटीलगायत नेताहरुले वाइसिएल कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

गत शनिबारदेखि जारी अधिवेशनमा देशभरबाट करिब दुई हजार २ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us