उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाण्डु टुडे २०७० भदौ १८ गते ४:१३ मा प्रकाशित

काठमाण्डु, १८ भदौ – चुनावी प्रकृयाप्रति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने उपायबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक मंगलबार बस्दै छ । बैठक बेलुका ६ बजेपछि नयाँबानेश्वरस्थित समितिको कार्यालयमा बस्ने छ ।

बैठकमा नेकपा–माओवादी नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई सहमतिमा ल्याउने उपायबारे छलफल हुने छ । असन्तुष्ट दलका माग र उनीहरुलाई सहमतिमा ल्याउने उपायबारे बैठक केन्द्रित हुने नेताहरुले बताएका छन् ।

चुनाव प्रभावित गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा–माओवादीलाई सहमति ल्याउने उपायको खोजीमा ठूला दलहरु छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us